छेडागाड नगरपालिका नगर कार्यपालिकाको कार्यालय कार्कीगाउँ, जाजरकोट
Flag
  • नागरिक वडापत्र 1
  • नागरिकता र प्रतिलिपि सिफारिस 1
  • नाबालक परिचयपत्र सिफारिस 2
  • अंगिकृत नागरिकता सिफारिस 3
  • दुवै नाम गरेको व्यक्ति एक हो भन्न 4
  • अपाङ्ग सिफारिस 5
क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क समय
1 नागरिकता र प्रतिलिपि सिफारिस
  • निवेदन पत्र र आमा र बुवाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •  जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  •  विवाहित महिलाको हकमा पति र आमा र बुवाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  •  चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा )
  • बिवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिवाहितको हकमा )
  • बसाईसरि आएको हकमा बसाई सरेको प्रमाणपत्रको  प्रतिलिपि,
  • दुवै कान  देखिने पासपोर्ट साईजजो हालसालै खिचिएको फोटो २ प्रति 
  • चालु आ. व . सम्म मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति तकर तिरेको रसिद वा कर निधारण स्वीकृति भएको कागजात 
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस,
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
रु. १५०/- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
2 नाबालक परिचयपत्र सिफारिस
  • बाबुको आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निबेदन पत्र, 
  • जन्मदर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसीद,
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने ,
  • नाबालक अनिवार्य उपस्थित हुनुपर्ने,
  • दुवै कान देखिने पासपोर्ट साइजको हालसालै खिचिएको फोटो २ प्रति 
रु. १५०/- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
3 अंगिकृत नागरिकता सिफारिस
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार, 
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टी गर्ने कागजातहरु ,
  • नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाणपत्रको प्रतिलिपि,
  • वैवाहिक अंगिकृत नागरिकताको लागि बिवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको अधिकारिक प्रमाणपत्र,
  • नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु,
  • पस्स्पोर्ट साइजको हालसालै खिचिएको फोटो ३ प्रति, 
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसीद,
  • सर्जमिन मुचुल्का l 
रु. ३००/- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
4 दुवै नाम गरेको व्यक्ति एक हो भन्ने सिफारिस/ फरक जन्म मिति संशोधन सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र,
  • नाम फरक परेको पुष्टी गर्ने प्रमाणित कागजातहरु,
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसीद,
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थिति  भई सनाखत गर्नु पर्ने 
  • आवश्यकता अनुशर स्थानिय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने l
रु. २०० /- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
5 अपाङ्ग सिफारिस
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि,
  • कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिटेन्डेन्ट सिफारिस,
  • व्यक्ति स्वयं हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन l 
निशुल्क सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

छेडागाड नगरपालिका,कार्कीगाउँ, जाजरकोट,   ९८५८०२१७२५, ९८६८१८६५८३, ९८४८२९९१९२

 E-mail-info@chhedagadmun.gov.np, chhedagadmun@gmail.com, ito.chhedagad@gmail.com